खेलकूद
बार्यन म्युनिखले जित्यो क्लब विश्वकप फूटबलको उपाधि
२०७७ माघ ३० गते ८:१२

३० माघ २०७७ दोहा । टाइग्रेसलाई हराउँदै बार्यन म्युनिखले क्लब विश्वकपको उपाधि जितेको छ ।
बार्यन म्युनिखका लागि बेन्जामिन पाभार्डले ५९ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । मेक्सिकन क्लब टाइग्रेसले कतारमा भएको फाइनलमा गोलका केही अवसर बनाए पनि गोल भने गर्न सकेन ।
टाइग्रेस उत्तर तथा मध्य अमेरिकाबाट क्लब विश्वकपको फाइनल पुग्ने पहिलो टोली हो । बार्यन म्युनिखका लागि नौ महिनाको अन्तरालमा यो छैटौं उपाधि हो ।
बार्यनले यूएफा सुपर कप, जर्मन सुपर कप लगायतका उपाधि जितेको छ । यो सँगै लगातार आठौं पटकसम्म यूरोपियन क्लबले फिफा क्लब विश्व कप जित्यो । सिजन लिभरपूलले यो उवाधि जितेको थियो ।
प्रतिक्रिया