खेलकूद

आईपीएलको अक्सन लागि छानिने सन्दीप एक मात्र नेपाली खेलाडी

हिमालय टिभी
२०७७ माघ ३० गते ७:५७
आईपीएलको अक्सन लागि छानिने सन्दीप एक मात्र नेपाली खेलाडी

३० माघ २०७७ काठमाडौं । भारतको चर्चित फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् ।

आईपीएलले अक्सनका लागि छनोट गरेको अन्तिम २ सय ९२ खेलाडीको सूचीमा नेपालबाट सन्दीप मात्र अटाएका हुन् ।

अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले पठाएको सूचीमा सन्दीपसँगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनाश बोहोरा गरी ८ खेलाडी थिए ।

तर, अक्सनको लागि अन्तिम छनोटमा अन्य खेलाडी पर्न सकेनन् । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ ।

लेग स्पिनर सन्दीपले यसअघि तीन सिजन आईपीएल खेलिसकेका छन् । तर, दिल्ली क्यापिटल्सले सन्दीपलाई यस सिजन रिलिज गरेको थियो ।

सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए । आईपीएलको अक्सन फेब्रुअरी १८ मा चेन्नेइमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्