खेलकूद

राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७७ माघ २९ गते ८:५३
राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदै

२९ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।

महिला लीग फूटबलको दोस्रो चरण अन्तर्गत आज वालिङ नगरपालिका र चौदण्डीगढी नगरपालिका तथा दोस्रो खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयरपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । वालिङ ७ खेलमा ११ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्ह १२ बजे शुरु हुनेछ ।

यस्तै अर्को खेलमा आर्मी र मोरङको विराटनगर महानगरपालिका भिड्दै छन् । ७ खेलबाट १९ अंक जोडेको आर्मी दोस्रो र समान ७ खेलबाट १० अंक रहेको विराटनगर पाँचौं स्थानमा छन् । एन्फा कम्प्लेक्समा नै हुने खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्