खेलकूद

स्पेनिस कोपा डेल रे फूटबलमा सेभियासँग बार्सिलोना पराजित

हिमालय टिभी
२०७७ माघ २९ गते ७:३०
स्पेनिस कोपा डेल रे फूटबलमा सेभियासँग बार्सिलोना पराजित

२९ माघ २०७७ काठमाडौं । स्पेनिस कोपा डेल रे फूटबलमा बार्सिलोना पराजित भएको छ ।

कोपा डेल रे अन्तर्गत गएराति सम्पन्न सेमिफाइनलको पहिलो लीगमा सेभियाले बार्सिलोनालाई २–० गोलले स्तब्ध पारेको हो ।

घरेलु मैदामा सेभियाले २५औं मिनेटमै जुलेस कोउन्डेको गोलसँगै अग्रता बनाएको थियो । त्यसपछि ८५औं मिनेटमा इभान रेकिटिकले सेभियाको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो लेग मार्च तीन तारिखमा बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्