खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

Himalaya Television
२०७७ माघ २९ गते ६:१६

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

२९ माघ २०७७ काठमाडौं । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ ।

निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु-याएको छ ।

निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs