राजनीति

प्रचण्डले ओलीलाई भने -आमसभा भनेकाे कस्ताे हुन्छ हेर्नुस ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २८ गते २०:४६
प्रचण्डले ओलीलाई भने -आमसभा भनेकाे कस्ताे हुन्छ हेर्नुस ! (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ काठमाडौं । विभाजित भएसँगै नेकपामा शक्ति प्रदर्शनको होड देखिएको छ । प्रचण्ड–नेपाल र ओली समूहले एक अर्कालाई देखाउने गरी सडकमा जनप्रदर्शन गरिरहेका छन् । यसको उद्देश्य विभाजनपछि आफु बलियो रहेको देखाउनु पनि छ । त्यसैले दुबै पक्षले सडकमा उत्रिएका जनता देखाउँदै आफू आधिकारिक भएको दाबी गरिरहेका छन् ।

माघ ९ गते काठमाडौंमा विशाल प्रदर्शन गर्दै आफु नै आधिकारिक भएको दाबी गर्‍यो । त्यो प्रदर्शनपछि आयोजित सभामा प्रचण्ड–नेपाल समूहका नेताहरुले उपस्थितिलाई देखाएर आफु नै असली नेकपा भएको बताए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम नागरिकमा चेतना झन बढेको भन्दै मासलाई दंग बनाउने प्रयास गर्नुभयो ।

त्यही दिन नै काठमाडौंको एक कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपालको सभामा २–४ हजार मात्रै मानिस आएको भन्दै व्यङ्ग गर्नुभयो । साथै उहाँले असली सभा कस्तो हुन्छ माघ २३ गते हेर्नु भनेर चुनौति पनि दिनुभयो ।

पूर्व घोषणा अनुसार नै ओली समूहले नारायणहिटी दरबारको सामुन्ने मञ्च बनाएर शक्ति प्रदर्शन गर्‍यो । सभामा प्रधानमन्त्री ओलीले इतिहासकै धेरै मानिस आएको दाबी गर्नुभयो । उहाँले आफुहरुलाई प्रचण्ड–नेपाल समूहले लल्कारेकाले यसरी सडकमा उत्रनु परेको बताउनुभयो ।

प्रचण्ड–नेपाल समूहले लगत्तै माघ २८ गते जनप्रदर्शन गर्ने घोषणा गर्‍यो । सोही अनुसार पहिलेकै स्थानमा विशाल सभा गरेर उसले ५ लाख मानिस सहभागी भएको दाबी गर्‍यो । प्रधानमन्त्री ओलीले आमसभा कस्तो हुन्छ हेर्न आउ भन्दै दिएको चुनौतिको उस्तै शब्दमा अध्यक्ष प्रचण्डले बुधबार जवाफ दिनुभयो ।

नेकपा विभाजन भएपछि अहिले दुबै समूह आफू बलियो भएको देखाउन लागिपरेका छन् । यस्ता सभाले ढुलमुलमा रहेका कार्यकर्ता आफुतिर आउने उनीहरुको विश्वास छ । शक्ति प्रदर्शनको यो होड तत्काल रोकिने संकेत देखिएको छैन । किनकी दुबै पक्षले अहिलेका प्रदर्शनलाई कास्टिङ मात्रै भनेका छन् । करोडौं रकम खर्च गरेर गरिएका यस्ता प्रदर्शन उनीहरुका लागि कत्तिको फलदायी हुन्छन् त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्