खेलकूद

म्यानचेष्टर युनाइटेड र बर्नमाउथ एफ ए कपको क्वाटरफाइनल प्रवेश

हिमालय टिभी
२०७७ माघ २८ गते ७:४१
म्यानचेष्टर युनाइटेड र बर्नमाउथ एफ ए कपको क्वाटरफाइनल प्रवेश

२८ माघ २०७७ काठमाडौं । म्यानचेष्टर युनाइटेड र बर्नमाउथ एफ ए कप फूटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पाँचौ चरण अन्तर्गत गएराति वेष्टह्याम युनाइेटडलाई १–० ले हराउँदै म्यानचेष्टर युनाइटेड अन्तिम आठमा प्रवेश गरेको छ । घरेलु मैदानमा म्यानचेष्टरले खेलको अतिरिक्त समयमा गोल गरेको थियो ।

निर्धारित समयमा दुबै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । उसका लागि ९७ औं मिनेटमा मार्कस रासफोर्डको सहयोगमा स्कट म्याकटोमिनीले गोल गर्न सफल भएका थिए । ्

यस्तै गएराति नै बर्नलीमाथि २० को जित निकाल्दै बर्नमाउथले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ ।

अवे मैदानमा बर्नमाउथको जितमा साम सुरिडजी र जुनिएर स्टानलसले गोल गरेका थिए । यससँगै बर्नमाउथ ६४ वर्षपछि एफ ए कपको क्वाटरफाइनलमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्