खेलकूद
रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लियो
२०७७ माघ २८ गते ७:३३
२८ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ ।
ला लिगा अन्तर्गत पछिल्लो खेलमा गेटाफेमाथि २–० को नतिजासहित रियल तालिकाको दोस्रो स्थानमा पुगेको हो ।
घरेलु मैदानमा रियलको जितमा करिम बेञ्जिमा र फरल्याण्ड मेन्डीले गोल गरेका थिए । बेञ्जिमाले ६० र मेन्डीले ६६ औं मिनेटमा गोल गरे ।
जितपछि रियलले २२ खेलबाट ४६ अंक जोड्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी ५ अंकमा झारेको छ ।
एट्लेटिकोको २० खेलबाट ५१ अंक हुँदा तेस्रो स्थानको बार्सिलोनाको ४३ अंक छ ।
प्रतिक्रिया