खेलकूद
महिला लीग फूटबलमा आज एपीएफ र चन्द्रपुर नगरपालिका भिड्दै
२०७७ माघ २८ गते ७:२९
२८ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा एउटा मात्र खेल हुँदैछ ।
महिला लीग फूटबल अन्तर्गत आज सशस्त्र प्रहरीको एपीएफ क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ लीगमा अहिलेसम्म अपराजित एक मात्र टोली हो ।
शीर्ष स्थानको एपीएफले सात खेलमा शतप्रतिशत जित निकाल्दै २१ अंक जोडेको छ । प्रतियोगितामा उसले अहिलेसम्म एक गोल पनि खाएको छैन भने उसले विपक्षीको पोष्टमा ५७ गोल गरिसकेको छ ।
उता अहिलेसम्म दुई खेल जितेको चन्द्रपुरले ७ खेलबाट ६ अंक जोडेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।
प्रतिक्रिया