कला/मनोरञ्जन
रहेनन् अभिनेता राजीव कपुर
२०७७ माघ २७ गते १५:२८
काठमाडौं । हिंदी फ़िल्मका अभिनेता राजीव कपूरको निधन भएको छ ।
भाइ रणधीर कपूरले राजीवको आज दिउँसो मुटुको चाल बन्द भएर मृत्यु भएको जानकारी दिएका छन् ।
पुराना स्टार राज कपूरका कान्छा छोरा राजिव ५८ वर्षका थिए । उनी रणधीर कपूर र ऋषि कपूरका भाइ हुन् ।
राज कपूरको फिल्म राम तेरी गंगा मैलीबाट अभिनय शुरु गरेका राजीवले ऋषि कपूरको सफल फिल्म प्रेम ग्रंथको निर्देशन पनि गरेका थिए ।
प्रतिक्रिया