खेलकूद

भारतविरुद्धको टेष्ट क्रिकेट सिरिजमा इंग्ल्याण्डको अग्रता

हिमालय टिभी
२०७७ माघ २७ गते १५:२४
भारतविरुद्धको टेष्ट क्रिकेट सिरिजमा इंग्ल्याण्डको अग्रता

२७ माघ २०७७ नयाँ दिल्ली । भारतविरुद्धको टेष्ट क्रिकेट सिरिजमा इंग्ल्याण्डले अग्रता लिएको छ । चेन्नइमा भएको पहिलो टेष्ट इङ्ल्याण्डले २ सय २७ रनले जितेको हो ।

अन्तिम दिन ४ सय २० रनको लक्ष्य पछ्याएको भारतलाई १ सय ९२ रनमा अलआउट गर्दै इङ्ल्याण्डले ४ टेष्टको सिरिजमा १–० को अग्रता लिएको हो । ३८ रनमा दुइ विकेटको क्षतिबाट दिनको खेल थालेको भारतले ५९ औ ओभरमा बाँकी ८ विकेट गुमाएको थियो ।

कप्तान विराट कोहलीले ७२ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् । भारतका ६ जना खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

कप्तान कोहलीपछि सुवमन गिलले ५० रन बनाए । भारतलाई सस्तैमा अलआउट गर्ने क्रममा इङ्ल्याण्डका ज्याक लिचले ४ र जेम्स एन्डरसनले ३ विकेट लिए ।

त्यसअघि पहिलो इनिङ्समा इंग्ल्याण्डले ५ सय ७८ र भारतले ३ सय ३७ रन बनाएको थियो । दोस्रो इनिङसमा इङ्ल्याण्ड १ सय ७८ रनमा अलआउट भएपछि भारतले ४ सय २० रनको लक्ष्य पाएको थियो ।

पहिलो इनिंग्समा भारत भ्रमणमा रहेको पाहुना टोलि इङ्ल्याण्डले चार टेष्टको सिरिज खेल्नेछ । दोस्रो टेष्ट चेन्नइमै आगामी शनिबार शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्