महिला लीग फूटबलमा वालिङ नगरपालिकाविरुद्ध आर्मी क्लबको २–० गोलको जित
२७ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जिताउन शर्मिला थापा र विमला चौधरीले गोल गरे । खेलको पहिलो मिनेटमै शर्मिलाको गोलबाट अग्रता लिएको आर्मीका लागि दोस्रो गोल ४३ औं मिनेटमा विमलाले गरिन ।
८३ औं मिनेटमा वालिङकी क्यामरुनी डिफेन्डर किओमेग्ने भेनेसा नोइली रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् । तालिकामा दोस्रो स्थानमा रहेको आर्मीको ८ खेलबाट १९ अंक भएको छ । वालिङ ८ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा छ ।
आजको दोस्रो खेलमा मोरङको विराटनगर महानगरपालिका र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । चौथो स्थानको विराटनगरको १० अंक र पाँचौं स्थानको पुलिसको ८ अंक छ । एपिएफ शिर्ष स्थानमा छ ।
प्रतिक्रिया