खेलकूद

लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित

हिमालय टिभी
२०७७ माघ २७ गते १४:२६
लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित

२७ माघ २०७७ काठमाडौं । लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।

बार्सिलोनाका अर्जन्टिनी खेलाडी मेस्सीले क्रिष्टियानो रोनाल्डो, नेइमार तथा आन्द्रेस इनिएस्टालाई पछि पार्दै उपाधि जितेका हुन् ।

इन्टरनेशनल फेडेरेशन अफ फूटबल हिस्ट्री एण्ड स्टाटेस्टिक्सले उनलाई सो उपाधि प्रदान गरेको हो ।आइएफएफएचएसले गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी छनौटका लागि विश्वका १ सय ५० देशमा रहेका आफ्ना सदस्यहरुबाट मतदान गराएको थियो ।

सन् २ हजार २० सम्म मेस्सीले ६ पटक ला लिगा, पाँच पटक कोपा डेल रे, दुई पटक च्याम्पियन्स लीग तथा चार पटक बोलोन डी’ओर जितेका थिए ।

त्यस्तै रोनाल्डो युरोपेली क्षेत्रको दशक खेलाडी घोषित र मेस्सी दक्षिण अमेरिकी दशक खेलाडी पनि बने । त्यस्तै ब्राजिलकी मार्टा भिएर डा सिल्वा गत दशकको सर्वोत्कृष्ट महिला खेलाडी चुनिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्