आर्थिक

सुनको भाउ तोलामा १ हजार ५ सय बढ्यो, ९१ हजार ९ सयमा कारोवार

हिमालय टिभी
२०७७ माघ २७ गते १३:३९
सुनको भाउ तोलामा १ हजार ५ सय बढ्यो, ९१ हजार ९ सयमा कारोवार

२७ माघ २०७७ काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ ।

आज सुन र चाँदीको भाउमा वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ९ सय रुपैयाँ तोकेको छ ।

यस्तै तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

सोमबार १ हजार ३१५ रुपैयाँमा कारोवार भएको चाँदीको भाउ आजका लागि १ हजार ३४० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *