आर्थिक

किसान र बजारलाई प्रत्यक्ष जोड्ने तयारीमा सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २७ गते १३:२६
किसान र बजारलाई प्रत्यक्ष जोड्ने तयारीमा सरकार (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउनुभएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारको आज अवलोकन गरेपछि मन्त्री अर्यालले उत्पादनलाई बढावा दिने तथा बजारमा विक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने बताउनुभयो ।

मन्त्री अर्यालले भोलि जुनसुकै परिस्थिति आउँदा पनि समस्या नआउने गरी मलको भण्डारण गर्ने पनि बताउनुभयो । किसानलाई मलको अभाव हुन नदिने उहाँको प्रतिबद्धता छ ।

मन्त्री अर्यालले तरकारी र फलफूलको परीक्षणप्रति सन्तोष व्यक्त गर्नुभयो । कालिमाटीमा व्यवस्थित प्रयोगशाला रहेको भन्दै उहाँले खराब वस्तु नियन्त्रण गरी उपभोक्तामा जान नदिन फास्ट ट्रयाकबाटै काम भएकोमा प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *