आर्थिक

नेपाल–चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा

हिमालय टिभी
२०७७ माघ २७ गते १३:१८
नेपाल–चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा

२७ माघ २०७७ चौतारा । सीमाको पुल मर्मतका लागि बन्द गरिएको नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ ।

बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो ।

बन्द भएको २० औं दिन पछि नाकाबाट द्विदेशीय व्यापार पुनः शुरु भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

तोकिएको मितिमा चिनियाँले पुलको मर्मत सकेपछि आजदेखि दुई देश बीचको ब्यापार पुनः शुरु भएको हो । आज चीनतर्फबाट सामान बोकेका ६ वटा कन्टेनर नेपालतर्फ आएको खत्रीले जानकारी दिनुभयो ।

चीनतर्फ लोड भएका थप ४ वटा मालबाहक कन्टेर भोलि आउने छन् । बाढीका कारण पुलको एकातर्फको स्परमा क्षति पुगेको र २० दिनसम्म चिनियाँ प्राविधिकले मर्मत सम्भार गरेको भन्सार कार्यालयले जनाएको छ ।

कोरोना, बाढी पहिरोजस्ता कारणले यो वर्ष तातोपानी नाका दर्जनौंपटक बन्द भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *