खेलकूद
इंग्लिस प्रिमियर लीगमा क्रिष्टल प्यालेसविरुद्ध लिड्स युनाइटेड विजयी
२०७७ माघ २७ गते ८:४६

२७ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी भएको छ ।
प्रिमियर लीगमा गएराति लिड्सले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको हो । घरेलु मैदानमा लिड्सले खेलको तेस्रो मिनेटमै ह्यारिसनको गोलबाट अग्रता बनाएको थियो ।
त्यसपछि ५२औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गरेपछि लिड्स समग्रमा २Þ० ले विजयी भएको हो ।
जितपछि लिड्स २२ खेलबाट ३२ अंक जोड्दै दशौं स्थानमा उक्लिएको छ । क्रिष्टल प्यालेसको २३ खेलबाट २९ अंक छ ।
प्रतिक्रिया