शीर्ष स्थानको एटेलेटिको मड्रिड सेल्टा भिगोसँग बराबरीमा रोकियो

२७ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।
ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा एट्लेटिको र सेल्टा भिगोले २–२ गोलको बराबरी खेलेका हुन् । एट्लेटिकोको घरेलु मैदानमा शान्ति मिना लोरेन्जोले १३औं मिनेटमै गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए ।
त्यसपछि ४५औं र ५०औं मिनेटमा लुइस स्वारेजले दुई गोल गरेपछि एट्लेटिकोले खेलमा २–१ को अग्रता बनायो । तर ८९ औं मिनेटमा सेल्टा भिगोका फाकुन्डो फेररेराले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि बाँकी समयमा खेलमा थप गोल हुन सकेन ।
जितपछि एट्लेटिकोले २० खेलबाट ५१ अंक जोडेको छ । बराबरीपछि पनि दोस्रो स्थानको बार्सिलोनाको भन्दा ८ अंक बढी रहेको छ ।
दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको रियल मड्रिडको समान २१ खेलबाट समान ४३ अंक छ । पराजित सेल्टा २२ खेलबाट २६ अंकका साथ १० औं स्थानमा छ ।
प्रतिक्रिया