खेलकूद

राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७७ माघ २७ गते ७:४२
राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदै

२७ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।

राष्ट्रिय महिला लीग फूटबल अन्तर्गत आज त्रिभुवन आर्मी फूटबल क्लब र वालिङ नगरपालिका तथा विराटनगर महानगरपालिका र नेपाल पुलिस क्लब भिड्ने भएका हुन् ।

पहिलो खेलमा आर्मी र स्याङ्जाको वालिङ नगरपालिकाले प्रतिस्पर्धा गर्ने छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह १२ बजे शुरू हुनेछ ।

यस्तै आजै हुने अर्को खेलमा मोरङको विराटनगर महानगरपालिका र पुलिस क्लबबीच खेल हुनेछ । एन्फा कम्प्लेक्समा नै हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्