खेलकूद

दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पताल

हिमालय टिभी
२०७७ माघ २७ गते ६:२७
दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पताल

२७ माघ २०७७ धनगढी । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल भएको छ ।

नेपाल खेलकूद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा कैलाली अस्पताल प्रालिसँग सम्झौता गरिएको धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।

कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र नेपाल खेलकूद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाबीच मुख्य प्रायोजन सम्बन्धमा सम्झौता भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अब दोस्रो पटक सुदूरपश्चिममा हुन लागेको अवार्डको नाम कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस रहनेछ ।

पत्रकार सम्मेलनमा अवार्डको मुख्य प्रायोजक रहेको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले अवार्डमा जोडिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै भने, ‘कोरोना कहरमा पनि अवार्डले निरन्तरता पाउँनु निकै खुसीको खबर हो । यो अवार्डलाई सुदूरपश्चिमको पर्वको रुपमा आयोजना गर्न आवश्यक छ ।’

अस्पतालले अर्थोपेडिक हाडजोर्नी, ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, नवजात शिशु तथा बालरोग, मानसिक रोग, मुटुरोग, स्त्री तथा प्रसुती, छाला तथा यौनरोग, नाक कान घाँटी, प्याथोलोजी, रेडियोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतका सेवाहरु दिदैं आएको छ ।

मुख्य प्रायोजक कैलाली अस्पताल रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजप्वन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, वर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल, स्पेशल अवार्डलाई न्यू सिटी पोलिक्लिनिक, लाइफटाइम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् ।

वर्ष प्रशिक्षक र वर्षको चर्चित खेलाडी विधाका लागि प्रायोजकको खोजी भइरहेको मञ्चका अध्यक्ष ओझाले बताए । अवार्डको प्रवर्द्धकमा धनगढी उपमहानगरपालिका रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्