समाज

कपिलवस्तु अस्पतालमा योग्यता नपुगेका व्यक्ति फार्मेसी अधिकृत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २६ गते २०:२८
कपिलवस्तु अस्पतालमा योग्यता नपुगेका व्यक्ति फार्मेसी अधिकृत (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ कपिलवस्तु । कपिलवस्तु अस्पतालमा कागजात कीर्ते गरी ऐन मिचेर फार्मेसी अधिकृत पदमा कर्मचारी भर्ना गरिएको खुलासा भएको छ । नेपाल फार्मेसी परिषद् ऐन २०५७ को व्यवस्था विपरीत ब्याचलर ईन फार्मेसी गरी नेपाल फार्मेसी परिषद्‍मा आबद्ध नभएका व्यक्ति फार्मेसी अधिकृत पदमा नियुक्त गरिएको खुलासा भएको हो ।

कपिलवस्तु अस्पतालका फार्मेसी अधिकृत पदमा चयन भएका सुनिल पाठकले माघ ३० गते ब्याचलर ईन फार्मेसीको आबद्धताका लागि परीक्षा दिँदैछन् । तर पाठकले परिषद्‍मा आबद्ध भइसकेको प्रमाणपत्र पेश गरेर जागिर पाइसकेका छन् । र पुस १६ गतेदेखि अस्पतालमा काम गरिरहेका छन् ।

अस्पतालले मंसिर ५ गते विभिन्न १४ पदका लागि करारमा कर्मचारी मागेको थियो । पत्रिकामा प्रकाशित सूचनाका आधारमा १ जना फार्मेसी अधिकृत पद (सातौं तह) का कर्मचारीका लागि फार्मेसी अधिकृत पदमा ८ जनाले दरखास्त दिएका थिए । त्यसमा पाठक छनोटमा परे । जबकी जागिर खान अनिवार्य चाहिने परिषद आबद्धता प्रमाणपत्र पाठकसँग छैन । त्यसैले प्रश्न उठेको छ । उनले प्रमाण पत्र कहाँबाट ल्याए ? विभिन्न क्षेत्रबाट विषय विज्ञ झिकाएर परीक्षा गरिएको भनिए पनि कानूनको पालना नभएको अन्य आवेदकको पनि आरोप छ ।

स्थानीय बासिन्दा पनि कर्मचारी नियुक्तिमा गडबडी भएको मान्छन् । त्यसैले छानबिन हुनुपर्ने उनीहरुको माग छ ।

विज्ञापनमा माग गरिए अनुरुपको कागजात पूरा गरी कर्मचारी भर्ना प्रक्रियामा सहभागी भई आवेदकमध्येकै एक जना फार्मेसी अधिकृतमा नियुक्त भएको कपिलवस्तु अस्पतालको दाबी छ ।

तर नेपाल फार्मेसी परिषद ऐन २०५७ को परिच्छेद ३ को दफा ११ अनुसार पाठकसँग त्यस्तो कुनै अनुमति पत्र छैन । जसले जागिर खान मिलोस् । पाठकले पेश गरेको फार्मेसी परिषदको दर्ता नम्बर अर्कै व्यक्तिको नाममा रहेको फार्मेसी परिषदले जनाएको छ ।

यसमा अस्पतालका मेसु बञ्जाडेको मिलेमतो रहेको आशंका गरिएको छ । किनकी पाठकको बुद्ध क्लिनिकमा डाक्टर बन्जाडेले बिरामी जाँच्ने गरेका छन् । तर व्यक्तिगत सम्बन्धका आधारमा अयोग्य व्यक्तिलाई सरकारी सेवामा राख्नु दण्डनीय हो । त्यसैले यसको छानबिन हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *