आर्थिक

बजेटका लागि अर्थमन्त्रालयले शुरु गर्‍यो आन्तरिक तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २६ गते १७:०७
बजेटका लागि अर्थमन्त्रालयले शुरु गर्‍यो आन्तरिक तयारी (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ मै बजेट प्रस्तुत गर्नुपर्छ । जसअनुसार आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटका लागि अर्थमन्त्रालयले आन्तरिक तयारी थालेको छ। विगतमा हतारमा बजेट निर्माण गर्दा कार्यान्वयनमा समस्या देखिने गरेको थियो । समयमै पर्याप्त छलफल र अध्ययन गरेर बजेट निर्माण गरे कार्यान्वयनमा सहज हुने अपेक्षासहित अर्थमन्त्रालयले पहिलो चरणमा प्रदेश सरकार र विज्ञसँग छलफलमा गरेको छ।

संविधान अनुसार सरकारले हरेक वर्षको जेठ १५ मै बजेट ल्याउनुपर्छ । जेठमा ल्याएको बजेट साउन १ गतेदेखि कार्यान्वयनमा जाने भए पनि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटका लागि तयारी थालेको छ । बजेट प्रस्तुत गर्नुपर्ने समय साढे तीन महिना बाँकी रहेपनि पछि हतार नहोस भनेर मन्त्रालयले बजेट निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

अर्थमन्त्रालयले प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवसँग बजेटबारे छलफल गरिसकेको छ । छलफलमा प्रदेश सरकारले भोग्नु परेका समस्या र आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्नुपर्ने नीतिगत विषयका बारेमा सुझाव आएका छन् ।

आगामी बजेटको गृहकार्यमा जुटेको अर्थमन्त्रालय चालु आर्थिक वर्षमा पूँजीगत खर्च कम भएकाले दवाबमा छ । चालु आार्थिक वर्षको ६ महिनाको बजेट खर्च कम भएपछि अर्थमन्त्रालयले अब आर्थिक क्रियाकलाप बढाउने रणनीति पनि बनाइरहेको छ ।

बजेट देश विकास र समृद्धिको योजना हो । तर हरेक पटक बजेट कार्यान्वयनमा समस्या आईरहेको छ । अझ पूँजीगत बजेट त खर्च नहुने समस्या छ । आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि काम गर्नु प्रवृत्ति नै बनिसकेको छ । त्यसैले यस्तो अवस्था अन्त्य गर्न समेत बजेट निमार्णको क्रममा अहिले देखिनै ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *