खेलकूद

महिला लीग फूटबलमा एपीएफको सातौं जित, चौदण्डीगढी १४–० ले पराजित

हिमालय टिभी
२०७७ माघ २६ गते १६:५१
महिला लीग फूटबलमा एपीएफको सातौं जित, चौदण्डीगढी १४–० ले पराजित

२६ माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा विभागीय टोली एपीएफ क्लबले लगातार सातौं जित निकालेको छ ।

जारी प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको एपीएफले कमजोर टिम चौदण्डीगढीलाई १४–० गोलले हरायो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफलाई जित दिलाउनका लागि सावित्रा भण्डारी एक्लैले आठ गोल गरिन् । आजको गोलसँगै सावित्राको यो प्रतियोगिताको गोल संख्या ३२ पुगेको छ ।

पहिलो हाफमा सात गोल गरेको एपीएफले दोस्रो हाफमा पनि सातै गोल गरेको थियो । सावित्रा बाहेक अनिता केसी र अनिता बस्नेतले दुईदुई तथा अनु लामा र रविना गोलेले एकएक गोल गरे ।

जितसँगै एपीएफले सात खेलमा सतप्रतिशत जित निकाल्दै २१ अंक जोडेको छ । चौदण्डीगढी भने अंकविहीन छ । अहिलेसम्म चौदण्डीगढीले एक गोल पनि गर्न सकेको छैन ।

प्रतियोगितामा एपीएफले एक गोल पनि खाएको छैन भने उसले विपक्षीको पोस्टमा ५७ गोल गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्