आर्थिक
सुनको भाउ तोलामा २ सय घट्यो, प्रतितोला ९२ हजार ४ सयमा कारोवार
२०७७ माघ २६ गते १२:४०

२६ माघ २०७७ काठमाडौं। स्थानीय बजारमा आज सुनको भाउ तोलामा रु २ सयले घटेको छ ।
छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ । रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु ८९ हजार ९५०मूल्य निर्धारण भएको छ ।
त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।
प्रतिक्रिया