खेलकूद

महिला लीग फूटबलमा आज एपीएफ र चौदण्डीगढी नगरपालिका भिड्दै

हिमालय टिभी
२०७७ माघ २६ गते ८:३४
महिला लीग फूटबलमा आज एपीएफ र चौदण्डीगढी नगरपालिका भिड्दै

२६ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र चौदण्डीगढी नगरपालिका बीच प्रतिस्पर्धा हुँदैछ ।

महिला लीग फूटबलमा आज शीर्ष स्थानको एपीएफ र उदपपुरको चौदण्डीगढी नगरपालिका भिड्न लागेका हुन् ।

अहिलेसम्मको सबै ६ खेलमा अपराजित साविक विजेता समेत रहेको एपीएफको १८ अंक छ । आज एपीएफ आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने दाउमा रहनेछ ।

यस्तै पहिलो चरणमा एपीएफले चौदण्डीगढीलाई २२० गोलले हराएको थियो । उता ६ खेलमा एक खेल पनि नजितेको चौदण्डीगढी अंकविहीन हुँदै पुछारमा छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्