खेलकूद

बार्सिलोना उक्लियो स्पेनिस ला लिगाको दोस्रो स्थानमा

हिमालय टिभी
२०७७ माघ २६ गते ८:२०
बार्सिलोना उक्लियो स्पेनिस ला लिगाको दोस्रो स्थानमा

२६ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

ला लिगा अन्तर्गत गएराति रियल बेटिसलाई ३–२ ले हराउँदै बार्सिलोना दोस्रो स्थानमा पुगेको हो ।

घरेलु मैदानमा रियलले ३८‍औं मिनेटमा बोर्जा इग्लेसियसको गोलबाट अग्रता लिएको थियो । त्यसपछि बार्सिलोनाका लियोनल मेस्सीले ५९ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

मेस्सीले मैदान प्रवेश गरेको तेस्रो मिनेटमै गोल गर्न सफल भएका थिए । लगत्तै रियलका भिक्टर रुइजले ६८ औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–१ को अग्रता बनायो ।

त्यसपछि ७५ औं मिनेटमा रियलका रुइजले गोल गरेपछि खेल २–२ गोलको स्थितिमा पुग्यो । तर ८७ औं मिनेटमा माचाडो ट्रिन्काओको गोलसँगै बार्सिलोना समग्रतमा ३–२ ले विजयी भयो ।

जितपछि बार्सिलोनाले २१ खेलबाट ४३ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको १९ खेलबाट ५० अंक छ ।

ला लिगा अन्तर्गत नै अन्य खेलमा रियल सोसिडाडले काडिजलाई ४–१ तथा ओसासुनाले एइबरलाई २–१ ले पराजित गर्दा एथ्लेटिको बिल्बाओ र भ्यालेन्सियाले ११ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्