प्रिमियर लीग फूटबलमा लिभरपुरमाथि म्यानचेष्टर सिटीको जित

२६ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी विजयी भएको छ ।
प्रिमियर लीगमा गएराति सिटीले साविक विजेता लिभरपुलमाथि ४–१ गोलको शानदार जित निकालेको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा सिटीले ४९औं मिनेटमा इल्के गुण्डोगानको गोलसँगै अग्रता बनाएको थियो ।
तर ६३औं मिनेटमा लिभरपुलका मोहमेद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि भने सिटीले लगातार तीन गोल थप्दै महत्वपूर्ण तीन अंक बटुलेको थियो ।
उसका लागि ७३औं मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो, ७६औं मिनेटमा रहिम स्टरलिङ् र ८३ औं मिनेटमा फिल फोडेनले गोल थपेका थिए । जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँगको अग्रता पाँच अंकले बढाएको छ । २२ खेलबाट सिटीले ५० अंक जोड्दा युनाइटेडको २३ खेलबाट ४५ अंक छ ।
लीग अन्तर्गत नै गएराति चेल्सीले सेफिल्ड युनाइटेडमाथि २–१ र टोटेनह्यामले वेष्ट ब्रोम माथि २० को जित निकाले । त्यस्तै तेस्रो स्थानको लेष्टर सिटीले १४औं स्थानको उल्फ्ससँग गोलरहित बराबरी खेलेको छ ।
प्रतिक्रिया