प्रचण्ड-नेपालका विद्यार्थीले भने – आई हेट यू ओली’, सरकारी गाडी तोडफोड गर्ने धम्की

२५ माघ २०७७ काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटन भएयता त्यसको विरोध र बचाउका लागि सडकमा प्रदर्शन भइरहेका छन् । र यसमा सत्तारुढ पार्टीनै अगाडि छ । विघटनको बचाउमा निस्किएको एउटा समूहको सिको गर्दै अर्को समूह त्यस्तै होडबाजीमा अगाडि बढिरहेको छ । फलतः संसद विघटनले झनझन अराजक गतिविधि बढाउने चिन्ता बढ्न थालेको छ ।
यो माघ २२ गते केपी ओली निकट युवासंघले निकालेको मार्चपासको नारा । जहाँ केपी ओलीलाई सबैले बा भने र आइ लभ यु भन्दै नारा लगाए । यतिमात्र होइन, आजलाई होइन भोलिलाई दश वर्ष ओलीलाई,गाउँबेशी शहर, केपी बाको लहर लगायतका नारा अचेल ओली पक्षले निकाल्ने हरेक जुलुस तथा र्यालीमा सुनिन्छ।
तर त्यसको ठिक उल्टो प्रचण्ड–नेपाल समूहका प्रदर्शनमा सुनिन् थालेका छन । आइ लभ यु केपी ओलीका ठाउँमा आइ हेट यु केपी ओली ।
अबको दश वर्ष केपी ओली चाहिने अर्को समूहले नारा लगाइरहँदा यो समूह भोलि नै ओली फाल्न चाहान्छ ।
ओलीविरुद्ध उत्रिएको यो समूह अझ आक्रामक हुँदैछ, उसले प्रधानमन्त्री र मन्त्रीमाथि जहाँ गए पनि हमला गर्ने घोषणा गरेको छ ।
यति मात्र होइन प्रचण्ड–नेपाल समूहले सरकारी सम्पत्तिनै तोडफोड गरेर देखाउने खुला चुनौती दिएको छ ।
संसद विघटनलाई लिएर आम नागरिकदेखि राजनीतिक दलसम्मै विभाजित छन् । र यसलाई स्वाभाविकनै मान्नु पर्छ । तर विरोधका नाममा खुलम खुला आक्रमण र तोडफोड हुनुलाई कदापी स्वाभाविक मान्न सकिन्न । किनकी लोकतन्त्रले शालिन विरोधलाई ठाउँ दिएको हो अराजकतालाई होइन ।
प्रतिक्रिया