खेलकूद

महिला लीगमा पुलिसको दोस्रो हार, वालिङ नगरपालिका १–० ले विजयी

हिमालय टिभी
२०७७ माघ २५ गते १८:०८
महिला लीगमा पुलिसको दोस्रो हार, वालिङ नगरपालिका १–० ले विजयी

२५ माघ २०७७ काठमाडौं । साविक उपविजेता विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा लगातार दोस्रो हार व्यहोरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको दोस्रो खेलमा पुलिस वालिङ नगरपालिका स्याङ्जासँग १० गोल अन्तरले पराजित भएको हो । जारी लीगमा पुलिसको यो लगातार दोस्रो र समग्रमा तेस्रो हार हो ।

पुलिसविरुद्ध जित दिलाउने क्रममा वालिङकी मेथो रुथले निर्णायक गोल गरिन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा वालिङका लागि क्यामरुनी खेलाडी रुथले निर्णायक गोल गरिन् ।

जितसँगै वालिङ ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित पुलिस ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

आजै भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई १–० गोलले नै हराउँदै चन्द्रपुर नगरपालिका रौतहटले दोस्रो जित हात पारेको छ । चन्द्रपुरको जितमा एक मात्र गोल रजनी थोकरले गरिन् ।

खेलको ७० औं मिनेटमा सुनिता भोलानको पासमा रजनीले डि बक्स भित्र विराटनगरकी गोलरक्षक कल्पना कार्कीलाई बिट गर्दै सुन्दर गोल गरिन् ।

जितसँगै चन्द्रपुरले ७ खेलबाट ६ अंक जोडेको छ । विराटनगरको भने ७ खेलमा १० अंक छ । प्रतियोगितामा भोली चौदण्डीगढी नगरपालिका उदयपुर र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्