खेलकूद

खेलाडीलाई प्रशिक्षणको चटारो, पोखरा रंगशालामा चहलपहल बढ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २५ गते १७:३५
खेलाडीलाई प्रशिक्षणको चटारो, पोखरा रंगशालामा चहलपहल बढ्यो (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ पोखरा । कोरोनाभाइरसले प्रभावित भएको खेलकूद क्षेत्र विस्तारैविस्तारै पुरानै लयमा फर्कँदैछ । जिल्लास्तरदेखि राष्ट्रियस्तरका प्रतियोगिता हुन थालेका छन् । पोखरा रंगशालामा पनि खेलाडी प्रशिक्षणमा व्यस्त देखिन्छन् । पर्यटकीय राजधानीका रुपमा चिनिएको पोखरा पछिल्लो समय खेलकूदको पनि राजधानी बन्ने होडमा छ ।

पोखरा रंगशाला । कोरोना भाइरस संक्रकणका कारण पोहोर चैतदेखि झण्डै १० महिना सुनसान रह्ययो । तर अहिले कोरोना भाइरस संक्रमणको त्रास घटेसँगै यहाँ चहलपहल देखिन थालेको छ ।

विभिन्न विधाका खेल आयोजना हुन थालेपछि पोखरा रंगशालामा यतिबेला खेलमय भएको छ । रंगशालाको गेटमा पुगेपछि छुटेटै रौनक देख्न सकिन्छ ।
एबगकभ।।।
रंगशाला मात्र हैन पोखराका मुख्य चोकचोकमा पनि प्रचारप्रसारले खेलको माहोल बनाइदिएको छ ।

पोखरामा आहा रारा गोल्डकपदेखि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता, कराँते, म्याराथनलगायतका प्रतियोगिता गर्ने तयारी भइरहेको छ । यसले पोखरा रंगशालामा गतिविधि बढाइदिएको छ । खेलकूद क्षेत्रसँग सम्बन्धित सबैको व्यस्तता पनि बढेको छ ।

विभिन्न प्रतियोगिताको लागि खेलाडी, प्रशिक्षक र आयोजकको दौडधुप रंगशालामा देख्न सकिन्छ । खेलसम्बद्ध संस्थाले वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिता आयोजना गर्दै छन् भने कतिले आयोजना गरिसकेका छन् । मार्सलआर्टसका खेलाडी पनि प्रतियोगिताका लागि तयारीमा छन् ।

करिब एक वर्षपछि नियमित खेलमा फर्कन पाउँदा खेलाडी पनि उत्साहित छन् । उनीहरु नियमित अभ्यासमा फर्किएका छन् ।

माघ २७ देखि राष्ट्र्रिय महिला– पुरुष भलिबल प्रतियोगिता, फागुन ४ देखि अन्तर जिल्लास्तरीय महिला– पुरुष भलिबल प्रतियोगिता, फागुन १५ गतेदेखि क्लबस्तरीय भलिबल, चैत १७ देखि आहा रारा गोल्ड सुरु हुँँदैछ । यस्तै फागुन १ गते पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । कराँते, टेनिस र अन्य गाउँस्तरमा हुने प्रतियोगिताको पनि तयारी भइहरको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्