आर्थिक

नेपाली बजारमा भारतीय कम्पनीका दुई प्रकारका विद्युतीय स्कुटर

हिमालय टिभी
२०७७ माघ २५ गते १६:२३
नेपाली बजारमा भारतीय कम्पनीका दुई प्रकारका विद्युतीय स्कुटर

२५ माघ २०७७ काठमाडौं । ह्वाइट लोटस मोर्टरले दुई प्रकारका विद्युतीय स्कुटर नेपालमा भित्राएको छ ।

भारतीय कम्पनी प्युरो इभीका इपीलुटो सेभन जी र इन्ट्रान्स एइओ स्कुटर बजारमा ल्याएको हो । नेपाली उपभोक्तालाई मध्य नजर गर्दै वातावरणमैत्री र इन्धनको समेत बचत हुने प्युरो इभिका स्कुटर बिक्री वितरण थालेको ह्वाइट लोटस मोर्टरका निर्देशक अशोक खड्कीले जानकारी दिनुभयो ।

इपलुटो सेभन जीको मुल्य साढे ३ लाख रुपैयाँ र इन्ट्रान्स एइओको मुल्य २ लाख २९ हजार रुपैयाँ छ । स्कुटर खरिदको लागि ५० प्रतिशत डाउन पेमेन्ट र बाँकी ५० प्रतिशतको पनि शुन्य प्रतिशतमा १८ महिनाको किस्ता सुबिधा रहेको कम्पनीले जनाएको छ ।

विद्युतीय यी स्कुटरको ब्याट्री विजुलीबाट चार्ज गर्न सकिने हुँदा पेट्रोलियम इन्धनमा भन्दा कम खर्च लाग्ने कम्पनीले दावी गरेको छ। ह्वाइट लोटस मोर्टरले यी विद्युतीय स्कुटरको बजार प्रवर्द्धनका लागि पूर्व मिस नेपाल अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बेस्डर बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *