कला/मनोरञ्जन

अश्लील भिडियो अपलोड गरेको आरोपमा नायिका पक्राउ

हिमालय टिभी
२०७७ माघ २५ गते १३:४५
अश्लील भिडियो अपलोड गरेको आरोपमा नायिका पक्राउ

नयाँ दिल्ली । एकता कपुरको वेबसिरिज गन्दी बातकी अभिनेत्री पक्राउ परेकी छन् । अभिनेत्री गहना वशिष्ठलाई भारतीय प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम जी न्युजले उल्लेख गरेको छ ।

उनीविरुद्ध आफ्नो वेबसाइटमा अश्लील भिडियो अपलोड गरेको आरोप छ ।

मुम्बई क्राइम ब्रान्चका अनुसार, गहनाले आफ्नो वेबसाइटमा पोर्न भिडियो खिचेर अपलोड गर्ने गरेकी छन् ।

खबरअनुसार, गहना आज ९आइतबार० अदालतमा उपस्थित हुनेछिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य केही अभिनेत्री र प्रोडक्शन हाउसका कर्मचारीलाई समेत पक्राउ गरिएको छ ।

अभिनेत्री गहना एकता कपुरको एडस्ट सिरिज गन्दी बातमा प्रमुख भूमिकामा देखिएकी छन् । उनले यसअघि मिस एसिया बिकिनीको उपाधि समेत जितिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *