खेलकूद
राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदै
२०७७ माघ २५ गते ८:४४

२५ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।
महिला लीग फूटबलको दोस्रो चरण अन्तर्गत आज विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका तथा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेलमा विराटनगर महानगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ । विराटनगर ६ खेलमा १० अंक जोड्दै तेस्रो स्थानमा रहँदा समान खेलबाट ३ अंकसहित चन्द्रपुर छैठौं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्ह १२ बजे शुरु हुनेछ ।
यस्तै आजको दोस्रो खेलमा पुलिस र स्याङ्जाको वालिङ नगरपालिका भिड्दै छन् । पुलिस ६ खेलबाट ८ अंक जोडेर चौथो र समान ६ खेलबाट समान ८ अंक रहेको वालिङ पाँचौ स्थानमा छन् ।
एन्फा कम्प्लेक्समा नै हुने खेल दिउँसो ३ बजे शुरु हुनेछ ।
प्रतिक्रिया