खेलकूद
इटालियन सिरी ए फूटबलमा युभेन्ट्ससँग रोमा पराजित
२०७७ माघ २५ गते ८:०७
२५ माघ २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा साविक विजेता युभेन्ट्स विजयी भएको छ ।
सिरी ए मा युभेन्ट्सले रोमालाई २–० गोलले हराएको हो । घरेलु टोली युभेन्ट्सलाई क्रिष्टियानो रोनाल्डोले १३औं मिनेटमै अग्रता दिलाएका थिए ।
६९औं मिनेटमा रोजर इबानेजले आफ्नै पोष्टमा गोल गरेपछि युभेन्ट्सले खेलमा २(० को अग्रता बनायो । त्यसपछि खेलमा दुबैतर्फबाट थप गोल हुन सकेन ।
जितसँगै युभेन्ट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २० खेल खेल्दै ४२ अंक जोडेको छ ।
शीर्ष स्थानको इन्टर मिलानको ४७ तथा दोस्रो स्थानको एसी मिलानको ४६ अंक छ ।
प्रतिक्रिया