खेलकूद

रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ माघ २५ गते ७:५६
रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लियो

२५ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति ह्यूस्कामाथि २–१ को जितसहित रियल दोस्रो स्थानमा पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा घरेलु टोली ह्यूस्काले शुरुवाती अग्रता बनाएको थियो ।

उसका लागि ४८औं मिनेटमा जाभी गलनले गोल गरेका थिए । तर त्यसपछि रियलले लगातार दुई गोल थपेको थियो । रियलका लागि दुबै गोल राफायल भरानले गरेका थिए ।

भरानले ५४औं र ८४ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै रियलले २१ खेलमा ४३ अंक जोडेको छ । उता २२ खेलबाट १६ अंक रहेको ह्यूस्का तालिकाको पुछारमा छ ।

यस्तै सेभियाले गेटालाई ३–० ले हराउँदा लेभान्टे र ग्रानाडा तथा इल्ची र भिल्लारियाल समान २–२ गोलको बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्