खेलकूद

दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड एभर्टनसँग बराबरीमा रोकियो

हिमालय टिभी
२०७७ माघ २५ गते ७:५१
दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड एभर्टनसँग बराबरीमा रोकियो

२५ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति म्यानचेष्टर युनाइटेडले एभर्टनसँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा युनाइटेडले २३औं मिनेटमा इडिन्सन काभानीको गोलसँगै अग्रता बनाएको थियो ।

४५औं मिनेटमा ब्रुनो फर्नान्डिसले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । तर त्यसपछि एभर्टनका लागि ४९औं मिनेटमा एबडउले डाउकोरे र ५२औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

त्यसपछि ७०औं मिनेटमा युनाइटेडका स्कट म्याक टोमिने र इञ्जुरी समयमा एभर्टनका डोमिनिक कालभर्ट लेविनले गोल गरेपछि खेल ३–३ को बराबरी भएसँगै दुबैले अंक बाँडे ।

बराबरी पश्चात पनि २३ खेलबाट ४५ अंकसहित युनाइटेड दोस्रो स्थानमा कायमै रहँदा एभर्टन छैठौं स्थानमा उक्लिएको छ ।

लीग अन्तर्गत नै गएराति भएका अन्य खेलमा एष्टन भिल्लाले आर्सनलमाथि १–० र न्यूक्यासल युनाइटेडले साउथह्याम्टनमाथि ३–२ को जित निकाले । त्यस्तै बर्नली र ब्राइटनले ११ को बराबरी खेल्दा फूलह्याम र वेष्टह्याम युनाइटेड गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्