समाज

पर्यटकको पखाईमा इलाम र पाँचथरको सीमामा रहेको मनोरम छिन्तापु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २४ गते १८:२८
पर्यटकको पखाईमा इलाम र पाँचथरको सीमामा रहेको मनोरम छिन्तापु (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ पाँचथर । घुम्नका लागि अनेकन प्राकृतिक सम्पदाले सम्पन्न इलाम र पाँचथरको सिमानामा रहेको छिन्तापु क्षेत्रले विकास र प्रचार कुरिरहेको छ । मनमोहक दृष्य, अनेकन पोखरी रहेको यो क्षेत्र प्राकृतिक रुपमा मनोरम छ ।

इलाम र पाँचथरको सिमानामा रहेको छिन्तापुबाट कञ्चनजंघा, कुम्भकर्ण मात्र हैन् सगरमाथा, मकालु जस्ता हिमाल देखिन्छ । दृष्यावोलकन, घुमफिरका लागि उपयुक्त यो क्षेत्र जैविक विविधता तथा वन्यजन्तुका लागि महत्वपूर्ण छ । सुन्दर तथा जैविक विविधताले धनी यो क्षेत्रको विकास र प्रचार भने कमजोर छ । पोहोर बङ्गाली पर्यटक धेरै आएका थिए । यो पटक कोरोना प्रकोपका कारण उनीहरु आएनन् । यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाटो, बासस्थान र अन्य पूर्वाधार बनाउनु आवश्यक छ ।

पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, इलामको सन्दकपुर गाउँपालिकामा पर्ने यो ठाँउ घुम्नका लागि महत्वपूर्ण छ । नजिकै रहेको गोरुवालेसम्म पाँचथर र इलाम दुबैतर्फ सडक पुगेकाले पर्यटकलाई केही सहज भएको छ । गुराँसको वन क्षेत्र भएकाले सिजनमा यो ठाउँ रङ्गीविरङ्गी बन्छ ।

छिन्तापु धार्मिक स्थलको रुपमा पनि परिचित छ । महागुरु फाल्गुनन्दले पनि यहाँ आएर तपश्या गरेको विश्वास गरिन्छ ।

अनेक हिसाबले सुन्दर रहेको यो ठाउँको विकास र प्रचार हुन सके वर्षेनि ठुलो संख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रने सम्भावना रहेको छ । यो क्षेत्रको विकासका लागि तीन वटै सरकारले एकीकृत योजना निर्माण गरी पर्याप्त बजेट छुट्याएर विकासको काम अघि बढाउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *