खेलकूद
महिला लीग फूटबलमा चौदण्डीगढीविरुद्ध आर्मीको ९–० जित
२०७७ माघ २४ गते १६:०८

२४ माघ २०७७ काठमाडौं । त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लीग फूटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् । शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइबाले एकएक गोल गरे ।
आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ ।
चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंकविहीन रहँदै पुछारमा रहेको छ ।
प्रतिक्रिया