विदेश

रुसद्वारा विभिन्न तीन देशका कूटनीतिज्ञ निश्कासित

हिमालय टिभी
२०७७ माघ २४ गते ८:०१
रुसद्वारा विभिन्न तीन देशका कूटनीतिज्ञ निश्कासित

२४ माघ २०७७ मस्को । रुसले तीन देशका कूटनीतिज्ञलाई निष्कासित गरेको छ ।

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोध प्रदर्शनमा सहभागी भएको भन्दै रुसले जर्मनी, स्वीडेन र पोल्याण्डका कूटनीतिज्ञहरूलाई निष्कासित गर्ने निर्णय गरेको हो ।

रुसी विदेश मन्त्रालयले कूटनीतिज्ञले नाभाल्नीको समर्थनमा भएको विरोध प्रदर्शनमा भाग लिएको बताएको छ । युरोपियन युनियनका विदेश मामिला प्रमुख जोसेप बोररेलले मस्कोमा रुसी विदेश मन्त्री सर्गेई लाभ्रोभलाई भेटेको केही घण्टा पछि कूटनीतिज्ञ निष्काशित गर्ने घोषणा गरिएको थियो ।

यही जनवरी २३ देखि ३१ तारिखमा हाल जेलमा रहेका नाभाल्नीको समर्थनमा प्रदर्शन भएका थिए । कूटनीतिज्ञलाई निष्कासित गर्ने निर्णयको सम्बन्धित देश लगायत बेलायत, फ्रान्स र युरोपियन युनियनले निन्दा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *