खेलकूद

महिला लीग फूटबलमा दोस्रो चरणको खेल शुरु हुँदै

हिमालय टिभी
२०७७ माघ २४ गते ७:५५
महिला लीग फूटबलमा दोस्रो चरणको खेल शुरु हुँदै

२४ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबल प्रतियोगिताको दोस्रो चरणको खेल आजदेखि शुरु हुँदैछन् ।

प्रतियोगिताअन्तर्गत आज विभागीय क्लब त्रिभुवन आर्मी र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो चरणको खेल सकिँदा आर्मी दोस्रो स्थानमा रहेको छ । आर्मी ६ खेलमध्ये ४ मा जित र एकमा पराजित हुनुको साथै एक खेल बराबरी खेल्दै १३ अंक जोडेको छ ।

उता पहिलो चरणमा एक खेल पनि नजितेको र एक गोल पनि गर्न नसकेको चौदण्डीगढी अंकविहीन रहँदै पुछारमा रहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्