आर्थिक
हेटौंडामा बस टर्मिनल निर्माणका लागि ऋण सम्झौता
२०७७ माघ २३ गते १८:५९
२३ माघ २०७७ हेटौंडा । हेटौडा उपमहानगरपालिका र नगर विकास कोषबीच बस टर्मिनल निर्माणका लागि ऋण सम्झौता भएको छ ।
टर्मिनल भवन निर्माणका लागि भएको २० करोड ७० लाखको ऋण सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हस्ताक्षर गर्नु भएको छ ।
टर्मिनलमा सानाठूला गरी १ सय ३० ओटा गाडी पार्क गर्न सकिने छ । साथै व्यवसायिक भवनभित्रको २ तले बेसमेन्ट पार्किङमा ९० वटा चार पाङग्रे र २ सय ५० वटा दुई पाङग्रे सवारी साधन पार्किङ्ग गर्न सकिनेछ ।
नयाँ टर्मिनल बनेपछि हेटौडा बजारमा रहेको अव्यवस्थित पार्किङको समस्या हट्ने अपेक्षा छ ।
प्रतिक्रिया