खेलकूद

टोटेनह्याममाथि चेल्सीको जित

हिमालय टिभी
२०७७ माघ २३ गते ७:३७
टोटेनह्याममाथि चेल्सीको जित

२३ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा चेल्सीले टोटेनह्याममाथि १–० को साँघुरो जित निकालेको हो । अवे मैदानमा चेल्सीका लागि जर्जिन्होले गरेको एक मात्र गोल नै निर्णायक रह्यो ।

उनले २४औैं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई गोल गर्न सफल भएका थिए । इरिक डायरले टीमो वेर्नरलाई फल गरेपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो ।

जितसँगै चेल्सी २२ खेलबाट ३६ खंक जोड्दै तालिकाको छैठौं स्थानमा उक्लिएको छ । उता हारसँगै टोटेनह्याम आठौं स्थानमा खस्किएको छ ।
ब्ब

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्