आर्थिक

शेयर बजारमा परेन आमहड्तालको असर

हिमालय टिभी
२०७७ माघ २२ गते १८:५५
शेयर बजारमा परेन आमहड्तालको असर

२२ माघ २०७७ काठमाडौं । शेयर बजारमा आज आमहड्तालको कुनै असर परेन । आम हड्तालको दिन आज शेयर बजार ८ दशमलव ३४ अंकले बढेको छ ।

अधिकांश लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोबार गर्ने भएका कारण आज सामान्य दिनजस्तै शेयर कारोबार भयो । नेकपाको प्रचण्ड नेपाल समूहले आम हड्ताल घोषणा गरेको दिन हिजो दिनभर शेयर बजारमा उतार चढाव देखिएको थियो ।

आज पनि बिहान बजार खुले लगत्तै नेप्से परिसूचक २२ अ‌ंकले घटेर २४ सय ४४ बिन्दुमा पुगेको थियो । तर पछि बजार ८ दशमलव ३४ अंकले बढेर २४ सय ७५ बिन्दुमा उक्लिएको छ ।

आज अधिकांश लघुवित्त कम्पनीको शेयरको मुल्य बढेको छ । यस्तै निर्जिवन बिमा, जलविद्युत, उत्पादन तथा प्रशोधन, ब्यापार र अन्य समूहको सूचक पनि बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने आज हिजोको तुलनामा १ अर्ब ९० करोड कम भएको छ । आज दिनभरीमा ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *