राजनीति

प्रधानमन्त्री ओलीले भने–कार्यकर्ता सकिएकाले प्रचण्ड र नेपाल आफै सडकमा निस्किए (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ २२ गते १८:२८
प्रधानमन्त्री ओलीले भने–कार्यकर्ता सकिएकाले प्रचण्ड र नेपाल आफै सडकमा निस्किए (भिडियोसहित)

२२ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षले गरेको आमहडतालप्रति तीखो व्यंग्य गर्दै चर्को आलोचना गर्नुभएको छ ।

अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आमहड्ताल गरेर जनतालाई दुःख दिएको भन्दै आलोचना गर्नुभएको हो । प्रचण्ड र नेपाल देश अगाडि बढ्ला कि भन्ने चिन्ता गरेकैले आमहडतालको तहमा उत्रिएको प्रधानमन्त्रीको दावी छ । अरुको गाडी रोकेर आफू गाडीमा हिंडेको भन्दै उहाँले कटाक्ष गर्नुभयो ।

कार्यकर्ता सकिएकाले प्रचण्ड र नेपाल आफै सडकमा उभिनु परेको प्रधानमन्त्रीको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले किसानका समस्या समाधान गर्न नदिएको आरोप समेत लगाउनुभयो ।

नेपालमा कृषि समस्या समाधान गर्नलाग्दा नेपालले बाधा हाले पनि उनी हटेलगत्तै आयोग बनाएको उहाँको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्