राजनीति

फागुन पहिलो साताबाट शुरु हुने संयुक्त आन्दोलनले ओली शासन ढल्छः प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २२ गते १८:१८
फागुन पहिलो साताबाट शुरु हुने संयुक्त आन्दोलनले ओली शासन ढल्छः प्रचण्ड (भिडियो रिपोर्टसहित)

२२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन शुरु हुने र त्यसले ओली शासन समाप्त हुने दावी गर्नुभएको छ ।

आम हड्तालको अगुवाई गर्दै सडकमा निस्केका प्रचण्डले ललितपुरको पूल्चोकमा पत्रकारसँग आन्दोलन सशक्त हुँदै जाने र फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन शुरु हुने बताउनुभयो । र, त्यो आन्दोलने ओली शासन अन्त्य गर्ने प्रचण्डको दावी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जंगलराज शुरु गरेको भन्दै प्रचण्डले संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोध गर्नुभयो ।

आफै गलत काम गरेर ओलीले ¥याली निकालिरहेको भन्दै प्रचण्डले त्यसलाई पञ्च ¥यालीको संज्ञा दिनुभयो ।

संसद विघटनको प्रतिगामी कदमबाट ओली एक्लिदै गएको प्रचण्डको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्