खेलकूद
इंग्लिस प्रिमियर लीगमा बर्नलीमाथि म्यानचेष्टर सिटीको जित
२०७७ माघ २२ गते ८:३०

२२ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीगमा फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ ।
प्रिमियर लीगअन्तर्गत गएराति सिटीले बर्नलीमाथि २–० को जित निकालेको छ । अवे मैदानमा सिटीको जितमा गेब्रियल जिसस र रहिम स्टरलिङले गोल गरे ।
जिससले खेलको तेस्रो मिनेटमै र स्टरलिङले ३८औं मिनेटमा गोल गरेका थिए । जितपछि सिटीले २१ खेलबाट ४७ अंक जोड्दै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँगको अंक दूरी ३ अंकले बढाएको छ । दोस्रो स्थानको युनाइटेडको २२ खेलबाट ४४ अंक छ ।
लीग अन्तर्गत नै गएराति लेष्टर सिटीले फूलह्याममाथि २–०, वेष्ट ह्याम युनाइटेडले एष्टन भिल्लामाथि ३–१, एभर्टनले लिड्स युनाइटेडमाथि २(१ र ब्राइटनले साविक विजेता लिभरपुलमाथि १० को जित निकाले ।
प्रतिक्रिया