खेलकूद

महिला लीग फूटबलमा चारपटकको विजेता पुलिस क्लब विराटनगर महानगरसँग स्तब्ध

हिमालय टिभी
२०७७ माघ २१ गते १७:३३
महिला लीग फूटबलमा चारपटकको विजेता पुलिस क्लब विराटनगर महानगरसँग स्तब्ध

२१ माघ २०७७ काठमाडौं। राष्ट्रिय महिला लीग फूटबलमा चारपटकको विजेता नेपाल पुलिस क्लब विराटनगर महानगरसँग आज स्तव्ध भएको छ ।

एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकाले पुलिस क्लबलाई १–० गोल अन्तरले हराएको हो । जीतसँगै विराटनगर लीग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

विराटनगरलाई जित दिलाउन पार्वती घलेले गरेको गोल निर्णायक बन्यो । उनले खेलको नवौं मिनेटमा गोल गरेकी थिइन् । जीतसँगै विराटनगरले ६ खेलबाट १० अंक बनाएको छ । पुलिसको ६ खेलमा आठ अंक छ । उ चौथो स्थानमा झरेको छ ।

आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिकालाई १२–० गोल अन्तरले हराएको छ ।

पहिलो राउन्ड रोविन अन्तरगतको आफ्नो अन्तिम प्रतिस्पर्धासँगै आर्मीको ६ खेलबाट १३ अंक भएको छ । दोस्रो स्थानमा रहेको उसले शिर्ष स्थानमा रहेको एपीएफसँग अंक दूरी घटाएको छ । पहिलो स्थानमा रहेको एपीएफको ६ खेलबाट ‍१८ अंक छ ।

आर्मीको जितमा शर्मिला थापाले ५ गोल गरिन् । यस्तै सपना लामाले दुई तथा अन्जली वाइबा, हेमा चौधरी, विमला चौधरी, विमला विक र रश्मी घिसिङले एकएक गोल गरे । चौदण्डीगढीले भने प्रतियोगितामा अंक जोड्न सकेको छैन ।

पहिलो राउण्डका खेल सकिँदासम्म ८ अंकसहित वालिङ पाँचौं, ३ अंक जोडेको चन्द्रपुर छैटौ र अंकविहीन चौदन्डीगढी पुछारमा छ । दोस्रो राउन्डका खेल आगामी शनिबारदेखि हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्