खेलकूद

महिला लीग फूटबलमा चौदण्डीगढीविरुद्ध त्रिभुवन आर्मी १२–० गोलले विजयी

हिमालय टिभी
२०७७ माघ २१ गते १४:५५
महिला लीग फूटबलमा चौदण्डीगढीविरुद्ध त्रिभुवन आर्मी १२–० गोलले विजयी

२१ माघ २०७७ काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले राष्ट्रिय महिला लीग फूटबल अन्तर्गत पहिलो राउण्डको अन्तिम खेलमा जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज दिनको पहिलो खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई १२–० गोलको फराकिलो अन्तरले हराउँदै आर्मीले ३ अंक जोडेको हो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गर्दा सपना लामाले दुई गोल गरिन् ।

त्यस्तै, कप्तान अन्जली वाइबा, हेमा चौधरी, विमला चौधरी, विमला विक र रश्मी घिसिङले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै हेमाले एक्लै बल अगाडी बढाउँदै सहजै गोल गरिन् । शर्मिलाले ५ गोल गर्दा पहिलो हाफमै आर्मीले ८–० को अग्रता लिएको थियो ।

एक पक्षीय खेलको दोस्रो हाफमा आर्मीले थप ४ गोल गर्दै फराकिलो जित निकाल्यो । जितसँगै आर्मी ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ । चौदण्डीगढीको भने यो लगातार छैटौं हार हो ।

लीग अन्तर्गत पहिलो राउन्डको अन्तिम खेलमा अहिले नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्