आर्थिक

जोश, जाँगर र सीप भए पैसा कमाउन विदेश जानै पर्दैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २१ गते १४:०३
जोश, जाँगर र सीप भए पैसा कमाउन विदेश जानै पर्दैन (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ कञ्चनपुर । अहिले लाखौं युवा रोजगारीको खोजीमा भौतारिरहेका छन् । स्वदेशमा रोजगारी नपाएपछि विदेश जाने युवाको संख्या पनि उल्लेख्य छ । तर कञ्चनपुरका एक युवा भने विदेशी भूमिमा चुहाउने पसिना स्वदेशमै बगाएर राम्रो आम्दानी गर्न सफल भइरहेका छन् ।

नेपालमा रोजागारीको अवसर नपाएको भन्दै विदेशिने युवाको संख्या बर्सेनि बढ्दो छ । स्वदेशमा रोजगारी नभएपछि युवाहरु बाध्य भई विदेशिने गरेका छन् । तर कञ्चनपुरका सागर क्षेत्रीले भने आफ्नो बाध्यतालाई अवसरमा बदल्नु भएको छ । केही समय विदेशमा श्रम र समय खर्चिएका सागरले थौरै लगानीमा बेत र बाँसको सामग्री बनाउने उद्योग खोल्नु भएको छ ।

उद्योगबाट सागरले मात्रै हैन, अन्य २५ जनाले रोजगारीसमेत पाएका छन् । सागरको आम्दानी पनि दिनप्रतिदिन बढिरहेको छ । त्यसैले सागरलाई आफ्नो देश छोडेर जानु भन्दा स्वदेशमै परिश्रम गर्नू ठिक हो, भन्ने लाग्छ ।

उद्योगमा बास र बेतबाट टेवल, कुर्सी, ह्यांगर, र्‍याकलगायतका सामग्री बनाउने गरिन्छ । सागरको परिवारले बाँस र बेतको काम मात्रै होइन, लोकल कुखुरा र बट्टाइ चराबाट पनि आम्दानी गरिरहेको छ । छोराको काम देखेर सागरका बुबा लालबहादुर क्षेत्री पनि खुसी हुनुहुन्छ ।

सागरले केही आफूसँग भएको पैसा र बैंकबाट ऋण लिएर यो उद्योग थालनी गर्नुभएको हो । सागरले जस्तै आफ्नो जोश, जाँगर र सीप स्देशमै प्रयोग गर्ने हो भने, धेरैका लागि रोजगारीको अवसर खुल्नेछ । र पैसा कमाउन विदेशै जानु पर्छ भन्ने मान्यता हट्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *