आर्थिक
सुनको भाउ तोलामा ६ सय घट्यो, प्रतितोला ९२ हजार रुपैयाँमा कारोवार
२०७७ माघ २१ गते १३:१८

२१ माघ २०७७ काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले सस्तो भएको छ ।
अघिल्लो दिनको कारोवार तुलनामा सुनको भाउ तोलामा ६ सय घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासंघले आजकालागि तेजावी सुनको प्रतितेला मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले सस्तो भएको छ । मंगलबार १३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया